त्रिभुवन विमानस्थलबाट आन्तरिक हवाई उडान सुचारु

राष्ट्रपाटी न्युज

अशोज १९, २०८२

काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।

पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।


Published :अशोज १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media