जाँचबुझ आयोगद्वारा ओली र लेखकविरुद्धको उजुरी प्रहरीमा फिर्ता

राष्ट्रपाटी न्युज

अशोज २३, २०८२

काठमाडौं । २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको छ।

फौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानुनले अख्तियार प्रदान गरेको बताउँदै आयोगले असोज २१ गते प्राप्त उजुरी काठमाडौं परिसरमा फिर्ता पठाएको सदस्य विज्ञानराज शर्माले जानकारी दिए।

उनले जाँचबुझ आयोगलाई २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझावसहितको प्रतिवेदन पेस गर्ने र भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा राय दिने कार्यदेश पाएको उल्लेख गरेका छन्।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र पूर्वगृहमन्त्रीसमेत रहेका लेखकविरुद्ध काठमाडौं परिसरमा उजुरी दिएको थियो ।


Published :अशोज २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media