जेन–जी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग

राष्ट्रपाटी न्युज

अशोज २३, २०८२

काठमाडौं । नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरुले धारणा राखेको बताए । उनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति समेत जनाए ।

जेन–जी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।


Published :अशोज २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media