गाजामा युद्धविराम सम्झौता स्वीकृति

राष्ट्रपाटी न्युज

अशोज २४, २०८२

काठमाडाैं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मन्त्रिपरिषद्ले शुक्रबार बिहान गाजामा युद्धविराम सम्झौतामा स्वीकृति दिएको छ।

सम्झौताअनुसार गाजामा रहेका इजरायली बन्धकहरू मुक्त हुनेछन् र बदला स्वरूप इजरायलले प्यालेस्टिनी कैदीहरू रिहा गर्नेछ। लागू भएपछि २४ घण्टाभित्र लडाइँ रोकिने छ।

सरकारको निर्णयमा केही अति-दक्षिणपन्थी मन्त्रीहरू र धार्मिक जियोनिज्म पार्टीका केही नेता असन्तुष्ट देखिएका छन्। तर नेतन्याहुले भने, “दुई वर्षको संघर्षपछि मुख्य लक्ष्य हासिल गर्न लागेका छौँ। अमेरिकी मध्यस्थता र सहयोगको ठूलो योगदान छ।”

सम्झौताअनुसार, इजरायली सेना गाजाबाट फिर्ता हुनेछ र मानवीय सहायता प्रवाह सुरु हुनेछ। हमासले बन्धकहरू फिर्ता गरेपछि, इजरायलले सूचीअनुसार कैदीहरू रिहा गर्नेछ। सम्झौताका कार्यान्वयन प्रक्रिया अन्तर्राष्ट्रिय निगरानी र मध्यस्थतामा सम्पन्न हुनेछ।

विश्लेषकहरूका अनुसार, युद्धविरामसँगै इजरायलमा नयाँ राजनीतिक समीकरण र नेतन्याहु सरकारभित्रको तनाव अझ बढ्ने सम्भावना छ । (एजेन्सी)


Published :अशोज २४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media