कार्की नेतृत्वको मन्त्रिमण्डलमा चार मन्त्री थपिँदै

राष्ट्रपाटी न्युज

अशोज २५, २०८२

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा नयाँ चार मन्त्री थपिने भएका छन् ।

थप नयाँ मन्त्री हुनेमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन्। श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।


Published :अशोज २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media