कार्यसमिति तत्काल विघटन गरी कार्यबाहक सभापति तोक्न कांग्रेस नेता कोइरालाको सुझाव

राष्ट्रपाटी न्युज

अशोज २५, २०८२

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले केन्द्रिय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए ।

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे ।

नेता कोईरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताए ।


Published :अशोज २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media