पार्टीको ११औँ महाधिवेशन मङ्सिरमा गर्ने एमालेको निर्णय

राष्ट्रपाटी न्युज

अशोज २७, २०८२

काठमाण्डौ । नेकपा एमालेको सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आउँदो मङ्सिरमा आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुमा बसेको बैठकले आउँदो मङ्सिर अन्तिम हप्ता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनको मिति र ठाउँ यही असोज २९, ३० र ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने उनले जानकारी दिए । बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसमेत गरेको छ । दलहरुले निर्बाध ढङ्गले गतिविधि गर्ने अवस्था नभएकोले चुनावमा जाने अवस्था नभएको एमालेको ठहर छ ।

एमालेले राष्ट्रियता, लोकतन्त्र र संविधान पक्षधर दलहरुलाई एकताबद्ध रुपमा अघि बढ्न आग्रह पनि गरेको छ । यस्तै एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीमाथि राजीनामाको दबाब बढे पनि उनले राजीनामा नदिने अडान लिएका छन् ।


Published :अशोज २७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media