सुन तस्करी प्रकरणः पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

राष्ट्रपाटी न्युज

अशोज २९, २०८२

काठमाडौँ । सुन काण्डमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ ।

संबन्धित मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सुन प्रकरणमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई अहिले नै निर्दोष रहेको भन्न नमिल्ने बताउँदै थुनामा राख्न आदेश दिएको हो।

‘यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहे भएको अवस्थाको विद्यमानता नदेखिई कसुरदार देखिने आधार भएको र उनलाई लागेको अभियोग समेतबाट थप प्रमाणहरू बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल महरालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई थुनामा राख्नु भनी स्थानीय कारागार कार्यालयमा पठाइदिने गरी यो थुनछेक आदेश गरी दिएको छ,’ आदेशमा भनिएको छ।


Published :अशोज २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media