कमलपोखरी पुगेर प्रधानमन्त्रीले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ्य

राष्ट्रपाटी न्युज

कार्तिक १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर पूजा अर्चना गरेकी छन् ।

सोमबार अपराह्न प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले कमलपोखरीमा स्वागत गरेका थिए ।

छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।


Published :कार्तिक १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media