चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते

राष्ट्रपाटी न्युज

कार्तिक १४, २०८२

चितवन । गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

आज बिहान भएको  दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।


Published :कार्तिक १४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media