फोहोरमैला घर तथा कम्पाउन्डमा सुरक्षित राख्न काठमाडौँ महानगरको अनुरोध

राष्ट्रपाटी न्युज

कार्तिक १४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो ।

कामपाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकाले फोहर विसर्जन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो ।


Published :कार्तिक १४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media