आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

राष्ट्रपाटी न्युज

कार्तिक २१, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यत: सफा रहनेछ ।

विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।


Published :कार्तिक २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media