प्राविधिक समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द

राष्ट्रपाटी न्युज

कार्तिक २२, २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्याका कारण अनिश्चितकालीन उडान तथा अवतरण बन्द गरिएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार रन-वे किनारका लाइटमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको हो। समस्या समाधानको प्रयास भइरहेको र अबको केहीबेरमा नियमित उडान शुरु गर्न काम भइरहेको उनले जानकारी दिए ।

हाल आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित छन्। अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्डमा राखिएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्।

विमानस्थल प्रशासनले यात्रुहरूलाई अपडेटका लागि सतर्क रहन आग्रह गरेको छ ।


Published :कार्तिक २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media