काठमाडौँमा चिसो बढ्दै, कति छ तापक्रम ?

राष्ट्रपाटी न्युज

कार्तिक २७, २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) केही बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस देखिएको हो।

आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म यो तापक्रम थप घट्न सक्छ अथवा यही कायम रहन पनि सक्छ।

हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो। मौसमविद्का अनुसार राति आकाशमा बादल लागेका बेला न्यूनतम तापक्रम केही बढ्छ भने आकाश सफा भएका बेला घट्छ ।


Published :कार्तिक २७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media