आज देशभर मौसम सफा रहने

राष्ट्रपाटी न्युज

कार्तिक २८, २०८२

काठमाडौं ।  हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।


Published :कार्तिक २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media