यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

मंसिर १, २०८२

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।


Published :मंसिर १, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media