आज देशभरको मौसम सफा रहने

राष्ट्रपाटी न्युज

मंसिर १०, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३३ मिनेटर सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।


Published :मंसिर १०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media