कस्तो छ आजको मौसम पूर्वानुमान ?

राष्ट्रपाटी न्युज

मंसिर १८, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


Published :मंसिर १८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media