यस्तो छ आज दिनभरिको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

मंसिर २१, २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार सबै प्रदेशमा आंशिक बदली छ।

साथै कोसी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ।

राति भने कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।


Published :मंसिर २१, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media