आज पश्चिमी वायुको आंशिक प्रभाव रहने मौसम विभागको पूर्वानुमान

राष्ट्रपाटी न्युज

मंसिर २३, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राति देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।


Published :मंसिर २३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media