विघटित संसदका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रपाटी न्युज

मंसिर २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले भ्रष्टाचार तथा अकुत सम्पत्ति आर्जनसम्बन्धी अभियोगमा करिब ४ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए भने २०७९ को निर्वाचनमा काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

अख्तियारले दायर गरेको मुद्दामा चालिसेसँगै उनकी पत्नी मन्दिरा, छोराहरू सागर र सन्दीप तथा बुहारी प्रमिला पोखरेललाई समेत प्रतिवादी बनाइएको छ।

मुद्दा दर्ता प्रक्रियामै रहेकाले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको अख्तियारले जनाएको छ।


Published :मंसिर २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media