आजको नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकममा गिरावट

राष्ट्रपाटी न्युज

मंसिर २९, २०८२

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार  नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन आइतबार १२.५० अंकले  घटेको नेप्से परिसूचक यसदिन ६.७४ अंकले बढेको हो ।

नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा उक्लिएको छ। आइतबार परिसूचक २५ सय विन्दुमा झरेको थियो। नेप्से एकल अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२९ कित्ता सेयर ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँमा खरिदबिक्री भए। आइतबार ४ अर्ब ७४ लाख बराबरको कारोबार भएको थियो।

दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानेल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको सेयर ८.७९ प्रतिशतले बढ्दा ओम मेघाश्री फरमाक्युटिकल्सको ४.०९ प्रतिशत र इंग्वा हाइड्रोपावरको ३.९७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा  नगदी ग्रुप पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यस्तै  लक्ष्मी सनराइज बैंकले १४ करोड १५ लाखको सेयर कारोबार गर्दा नेपाल एसबीआई बैंकले १३ करोड,सीईडीएच होल्डिंग्सको ९ करोड र हिमालयन रिइन्स्योरेन्सको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १५५ वटा स्टक्सको मूल्य बढ्दा ९४ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। ८ वटा समूहको उपसूचक बढ्दा ५ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन् ।


Published :मंसिर २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media