रिहा हुन रविले बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं । सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाखभन्दा धेरै बैंक ग्यारेन्टी बुझाएका छन् ।

ललितपुरको नख्खु कारागराबाट जहाजमा भरतपुर हुँदै शुक्रबार भैरहवा पुर्‍याइएका उनले जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजारभन्दा बढी बैंक जमानत बुझाएपछि रिहा भएका हुन् ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार र त्यसपछि नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसले धरौटी (बैंक जमानत १ करोड) स्वीकार गर्नेसहित अरू कडा सर्तमा थुनामुक्त गर्न आदेश दिएको थियो।

आदेशका शर्तहरू पालना गर्न जिल्ला अदालत रुपन्देहीमा उनलाई उपस्थित गराइएको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार रविले ३ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी बुझाएपछि रिहा भएका हुन् ।


Published :पुस ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media