सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढी हो। यसअघि गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको थियो। ठीक एक सातामै उक्त रेकर्ड तोड्दै सुनको मूल्य फेरि उकालो लागेको हो।

चाँदीको मूल्य पनि निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ। आज चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुन र चाँदीको मूल्य ऐतिहासिक उच्च तहमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,३९७ अमेरिकी डलर पुगेको छ। त्यस्तै, चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Published :पुस ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media