नेप्से सामान्य अंकले बढ्दा कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेको थियो। सो दिन ३ अर्ब ४२ करोडको सेयर कारोबार भएको थियो।

यसदिन ३३४ स्क्रिप्सको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा कम हो।

नेप्से सामान्य अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीषस्थानमा रह्यो। सो कम्पनीको १४ अर्ब बराबरको सेयर कारोबार भयो।

यस्तै, मञ्जुश्री फाइनान्सको १२ करोडको सेयर कारोबार हुँदा तेह्रथुम पावरको ९ अर्ब, नगदी ग्रुपको ७ करोड र सिद्धार्थ बैंकको ६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १११ वटा स्टक्सको मूल्य बढ्दा १४२ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। ६ वटा समूहको उपसूचक बढ्दा ८ वटा समूहको उपसूचक नकारात्मक देखिए ।


Published :पुस ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media