जेन-जी आन्दोलनमा पक्राउ गरेका युवालाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । जेनजी युवाहरूले जेनजी आन्दोलनमा  पक्राउ गरेका युवाहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले जेनजी आन्दोलनमा भएका घटनालाई लिएर हजारभन्दा बढी युवाहरूलाई गिरफ्तार गरिएको भन्दै उनीहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

देशको परिवर्तनका लागि लडेका युवाहरू अहिले जेलमा बस्न बाध्य भएको र देशलाई बर्बाद पार्नेहरू खुलेहाम हिँडिरहेको उनीहरूले बताएका छन् । पत्रकार सम्मेलनमा जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले जेनजी आन्दोलनले बलिदान गरेपनि वर्तमान सरकार जेनजीको हुन नसकेको बताए । सडकमा आएर परिवर्तनका लागि लडेका हजारौ‌‌ युवारूलाई वर्तमान सरकारले थुन्ने काम गरेको भन्दै उनले आपत्ति जनाए।

उनले वर्तमान सरकार जेनजीको भावनाबिपरित अघि बढेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरे। जेनजीको भावना अनुसार नयाँ सरकार गठन गर्नका लागि दबाब दिन केहिदिनमा आन्दोलन गर्ने भन्दै उनले निष्कर्ष ननिस्केसम्म पछि नहट्ने बताए ।


Published :पुस २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media