
काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो लगाएको छ । माघ ११ गतेका लागि हुने राष्ट्रिय सभाको चुनावमा एमालेले अन्य दलसँगको गठबन्धनमा सात सिट पाएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा र जसपा नेपालले तालमेल गर्दैछन् ।
मधेश प्रदेशबाट एक जनाको नाम टुंगो लगाउन बाँकी राखेको एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।
एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दंगाल, उम्मेदवार बनाउँदा गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको हो । एमाले सचिवालयमा छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि आज मनोनयनका लागि कार्यक्रम राखेको छ ।