प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, चुनावबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच ३ घन्टा बढी छलफल भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार उनीहरूबीच चुनाव केन्द्रित छलफल भएको हो । प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुनका लागि देखाएको प्रतिबद्धताप्रति सराहना गरेकी थिइन् ।

त्यस्तै एमाले अध्यक्ष ओलीले एमाले चुनावदेखि नभाग्ने बताएका थिए । उनले एमाले लोकतान्त्रिक पार्टी भएको र चुनावमा सहभागी हुनका लागि पछि नहट्ने बताएका थिए ।  अध्यक्ष ओलीले सरकारसँग सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका थिए ।

उनले चुनावमा अझै सुरक्षा खतरा रहेको बताउँदै त्यसको प्रत्याभूति हुनुपर्ने सरकारको ध्यानाकर्षण गराएका थिए ।


Published :पुस २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media