
काठमाडौं । नेकपा एमालेले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रका उम्मेदवारको परिचयात्मक तथा घोषणा कार्यक्रम गर्ने भएको छ । कार्यक्रम १४ ठाउँमा फरक फरक आयोजना गरिने बताइएको छ।
यसैबीच नेकपा एमाले काठमाडौंको क्षेत्र नं ४ ले निर्वाचन परिचालन कमिटि घोषणा गर्ने भएको छ।
बुढानिलकण्ठ १० स्थित मिलन पार्टी भेन्यु, कपनमा विहान ११ बजे कार्यक्रम आयोजना गरिएको बताइएको छ। १,००१ सदस्य रहने उक्त निर्वाचन परिचालन कमिटिको संयोजकमा उद्वव खरेल र सह संयोजकमा राजन कुमार पोख्रेल रहने एमाले श्रोतले जानकारी दिएको छ।