
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय भएको जानकारी दिए।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजनको आधारमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरिएको हो ।