
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त जिम्मेवारी तोकेको हो। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले यसबारे जानकारी दिएका छन्।
उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी नियुक्त गरिएको हो।