
मलंगवा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता होइन, बेटा बन्न सर्लाही आएको बताएका छन्। सोमबार साँझ सर्लाही क्षेत्र-४ आएका थापाले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताए।
यहाँका नेता कार्यकर्ताको उत्साहले पहिलो दिनमै अत्यन्त उत्साहित बनाएको उनले बताए। केही वर्ष पहिला हुलाकी सडक भएर मधेश आउँदा यहाँको साथीको संगत गरेको उनले बताए ।
उनले आफूले यो वा त्यो गर्छु भन्न नआएको बताए। ‘मसँग केही कार्यक्रम र योजनाहरू छन्। मेरो टिम यस क्षेत्रमा आएर काम गरिरहेको छ। यहाँ देखिएका समस्याहरू ५ वर्षभित्र समाधान गर्छौं,’ उनले भने। काठमाडौं ४ छोडेर आउँदा त्यस क्षेत्रका थुप्रै साथीहरूले छोडेर नजान आग्रह गरेको उनको भनाइ छ। ‘म त्यो साथीहरूप्रति ऋणी हुनेछु। ३-३ पटक साँसद बनाएका क्षेत्रका लागि मेरा घर सधैंभरिका लागि खुला राखेको छु,’ उनले भने।
उनले आफू जादुको छडीजस्तो यो गर्छु, त्यो गर्छु नभन्ने बताए। ‘मैले यहाँको विकास निर्माणको कामहरू गर्नुछ। शिक्षा, कृषि, स्वास्थ्यको क्षेत्रमा काम गर्नुछ। यहाँको नौजवनाको जीवन निर्माणका लागि काम गर्नुछ। चुनाव जितेर गएपछि यहाँ स्थायी सांसदको कार्यालय राख्छु,’ उनले भने।