आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीले देशैभर वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍भागमा  पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा  र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :माघ १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media