भारतविरुद्ध विश्वकप नखेल्ने पाकिस्तानको घोषणा, खराब नतिजा भोग्नुपर्ने आईसीसीको चेतावनी

काठमाडौं । पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गरेको छ। त्यहाँको सरकारले आधिकारिक ट्वीटर (एक्स) मार्फत् पाकिस्तानले विश्वकपमा सहभागिता जनाए पनि भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको हो।

विश्वकपका लागि श्रीलंका गए पनि भारतविरुद्धको खेल नखेल्ने त्यहाँको सरकारले जनाएको हो।

विश्वकप अन्तर्गत भारतसँग हुने फेब्रुअरी १५ खेल नखेल्ने घोषणा पाकिस्तानले गरेको हो। यता आईसीसीले भने भारतसँगको खेल बहिष्कार गरे खराब नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ।


Published :माघ १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media