काठमाडौं-४ मा ९ जना स्वतन्त्र उम्मेदवार, के के पाए चुनाव चिन्ह ?

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ मा ९ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। निर्वाचन आयोगले सबै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह समेत वितरण गरिसकेको छ।

स्वतन्त्र उम्मेदवारी दिनेहरुमा अर्चन शम्शेर राणाले सिरिन्ज,आशिष श्रेष्ठले नरिवल, केदार बहादुर कार्कीले कैंची, देवराज पौडेलले भंगेरा, पुजन गजुरेलले सारंगी, मदनदेव आचार्यले दुरविन, मनोज अधिकारीले पानीको जार, विनोद बाबु प्रधानले क्याप र संजिव दर्जीले तिलहरी चुनाव चिन्ह पाएका छन्।


Published :माघ २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media