नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ७७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेको हो।  अघिल्लो दिन आइतबार नेप्से परिसूचक १०.२५ अंकले घटेको थियो। सो दिन ११ अर्ब ६५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन नेप्से उच्च अंकले घट्दा कारोबार रकममा पनि आइतबारको तुलनामा कमी आएको छ।

३२४ स्क्रिप्सको २ करोड ६७ लाख ६६ हजार  ३४७ कित्ता सेयर १० अर्ब ७७ करोड ३९ लाख  १५ हजार २८९ रुपैयाँमा खरिदबिक्री भए।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भएन। कालिञ्चोक हाइड्रोपावरको सेयर ९.९७ प्रतिशतले बढ्दा राधी पावरको ९.११ प्रतिशत बढ्यो। यस्तै लिवर्टी इनर्जीको सेयर ७.८४ प्रतिशतले बढ्दा नेसनल हाइड्रोपावरको ५.९० र त्रिशूली जल विद्युत कम्पनीको ४.९९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थामा रह्यो। सो कम्पनीले ७७ करोड बराबरको सेयर कारोबार गर्यो। एसवाइ प्यानल नेपालले ५४ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा आँखु खोला जलविद्युतले ४८ करोड ,लिवर्टी इनर्जीले ३७ करोड र नगदी ग्रुप पावरले ३३ करोड बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २१२ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने आज स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी १२ वटै समूहको उपसूचक नकारात्मक देखिए।

फाइनान्स समूहको उपसूचक २ प्रतिशतले घट्दा डेभलपमेन्ट बैंक,होटल्स एण्ड टुरिजम,लाइफ इन्स्योरे‍न्स,मनु एण्ड प्रो,नन लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक १ प्रतिशत बढीले घटे ।


Published :माघ २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media