आव २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक व्यवस्थाअनुसार उक्त वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो।

नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले वार्षिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको जानकारी दिए।

“नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्ने निर्णय भएको छ,” गृहमन्त्री अर्यालले भने ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि तथ्यांक संकलन गर्ने आदेश स्वीकृत गरेको पनि उनले जानकारी दिए ।


Published :माघ २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media