
काठमाडौँ। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले काठमाडौं ४ मा एमालेलाई समर्थन गर्दै उम्मेदवारी निष्कृय गरेको छ ।काठमाडौँ क्षेत्र नम्बर ४ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दत्त बुढाले आफ्नो उम्मेद्वारी निस्क्रिय भएको घोषणा गरेका छन्।
आफ्नो उम्मेद्वारी निस्क्रिय रहेको घोषणा गर्दै उनले नेकपा एमालेका उम्मेदवार डाक्टर राजन भट्टराइलाइ सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका छन्।
काठमाडौँ क्षेत्र नम्बर ४ मा डा राजन भट्टराईलाइ सहयोग गर्न उनले आफ्ना सम्पूर्ण समर्थकहरुलाई अपिल समेत गरेका छन्।