नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे २१ अर्ब

राष्ट्रपाटी न्युज

फाल्गुन २६, २०८२

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार तीनपटक सकारात्मक सर्किट लागेपछि दिनभरका लागि कारोबार नै बन्द भएको थियो। सो दिन २ मिनेटभन्दा बढी पनि कारोबार हुन सकेन। सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर बन्द भएको थियो।

यसदिन नेप्से परिसूचकले ओरालो यात्रा तय गरेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ। आज साढे २१ अर्बको सेयर कारोबार भयो।

३२९ स्क्रिप्सको ५ करोड २७ करोड ११ लाख ३५३ कित्ता सेयर २१ अर्ब ५० करोड २० लाख ३१ हजार  ३२० रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५५ करोड ५९ लाख ६३ हजार बराबरको कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ७८ वटा स्टक्सको मूल्य बढ्दा १७८ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। दुई स्टक्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रियायन्स स्पिनिङ मिल्स र सलपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीले १ अर्ब ९ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो। आँखु खोला जलविद्युतले ६९ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा अपी पावर कम्पनीले ६१ करोड,रिडी पावरले ५९ करोड र शिवम् सिमेन्टले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

तीनवटा समूहक उपसूचक बढ्दा अरु उपसूचक नकारात्मक देखिए। लाइफ इन्स्योरेन्स, म्युचुल फण्ड र नन लाइफ इन्स्योरेरन्स समूहको उपसूचक बढ्दा बाँकी १० समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


Published :फाल्गुन २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media