
काठमाडौं । सेयर बजारको ओरालो यात्रा आज पनि कायमै रह्यो। अघिल्लो दिन मंगलबार २६.१६ अंकले घटेको नेप्से परिसूचक आज २५.८१ अंकले घटेर बन्द भएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। नेप्से परिसूचक २७४४.४५ विन्दुमा झरेको छ।
यसदिन ३५१ वटा स्क्रिप्सको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर ४ अर्ब ९८ करोड ६३ लाख ३ हजार ३१३ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ६ अर्ब ५३ करोड मूल्य बराबरको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा २३५ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। नेप्से ओरालो लाग्दा आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक १३.८१ प्रतिशतले बढ्यो। २४ करोड मूल्य बराबरको सेयर कारोबार गरी रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो।
यसैगरी पाल्पा सिमेन्ट इन्डस्ट्रिजले २० करोडको कारोबार गर्दा कर्पोरेट डेभलपमेन्ट बैंकले १८ करोड,सोलु हाइड्रोपावर र नेशलन हाइड्रोपावरले १७/१७ करोडको सेयर कारोबार गरे।
तीन समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। डेभलपमेन्ट बैंक,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक घटेका हुन्।