देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा

राष्ट्रपाटी न्युज

चैत्र ३, २०८२

काठमाडौं । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित सोमबार देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ ।

हुरीबतासका कारण ललितपुरको भैँसेपाटीमा रुख ढलेर अवरुद्ध भएको बाटो खुलाइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । सोमबारै हुरीले सातदोबाटोस्थित सेल्सबेरीको बोर्ड नै ढालेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा मानवीय क्षति भने भएको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सोमबार काठमाडौँमा ९.२, ललितपुरमा सात र भक्तपुरमा ३.४ मिलीमिटर वर्षा भएको छ ।

यस्तै सोमबार सबैभन्दा बढी वर्षा धनकुटामा ३६.२ मिलीमिटर वर्षा भएको छ । पाल्पामा २४.८ र गुल्मीमा ९.२, तनहुँमा १० मिलीमिटर वर्षा भएको छ । सुदूरपश्चिम र कर्णालीमा सोमबार छिटफुट वर्षा भएको छ भने अन्य प्रदेशका धेरै जिल्लामा वर्षा भएको छ ।


Published :चैत्र ३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media