रवि लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

राष्ट्रपाटी न्युज

चैत्र ३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ सकिएन। रिटमाथि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। आइतबारदेखि यो रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको हो।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाइ हुँदै आएको हो। आइतबार र सोमबार बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो। यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो ।


Published :चैत्र ३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media