पूर्वप्रधानमन्त्रीसँग संविधान संशोधन बहसपत्र तयारी कार्यदलको छलफल

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह को संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ।

कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सँग संविधान संशोधनसम्बन्धी विषयमा सुझाव संकलनका लागि छलफल गरेको हो।

कार्यदलको टोली ललितपुरको मानभवनस्थित प्रचण्ड निवास पुगेर पूर्वप्रधानमन्त्री त्रयसँग सामूहिक रूपमा छलफल गरेको जनाइएको छ।

छलफलमा संविधान संशोधनका सम्भावित विषय, संरचनागत सुधार, तथा राज्यको भावी राजनीतिक–संवैधानिक दिशाबारे प्रारम्भिक सुझावहरू आदानप्रदान गरिएको बताइएको छ।

कार्यदलले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा सरोकारवालासँग समेत छलफल गर्दै बहसपत्रलाई अन्तिम रूप दिने तयारी गरेको छ।


Published :जेष्ठ २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media