
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यले विभिन्न एजेन्डामाथि आफ्नो धारणा राख्ने क्रम जारी छ । हिजोको बैठकमा सभापित गगनकुमार थापाले आगामी २०८३ भदौ २४ देखि २६ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । आजको बैठक मुख्य गरी सोही कार्यतालिका र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ ।
बैठकमा सुशासन स्थापना, संविधान संशोधनका लागि विज्ञसहितको अध्ययन समिति गठन र केन्द्रीय निर्वाचन समिति निर्माणका विषयमा छलफल भइरहेको छ ।
त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण एवं अद्यावधिक गर्ने विशेष अभियान, प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन समीक्षा जस्ता विषय पनि कार्यसूचीमा छन् ।