प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा बालेनको -याप गीत ‘जय महाकाली’ सार्वजनिक

राष्ट्रपाटी न्युज

चैत्र १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘जय महाकाली’ शीर्षकको उक्त गीतमा शब्द, स्वर बालेनकै रहेको छ ।

उक्त गीतमा रास्वपाको चुनावी अभियानका विभिन्न दृश्यहरु राखिएको छ । उक्त गीत बालेन शाहकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा पहिलो दल बनेको रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । भोलि शुक्रबार दिउँसो उनले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ ।


Published :चैत्र १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media