सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपाटी न्युज

बैशाख ९, २०८३

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८०० रुपैयाँले घटेर ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Published :बैशाख ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media