
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन्। सोमबार सिंहदरबारस्थित संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले उनलाई निर्विरोध निर्वाचित गरिएको जानकारी दिएका छन् ।
यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति गगन थापाको प्रस्तावमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो। संसदीय दलको नेतामा तीन जनाको दाबी परेपछि उपसभापति विश्वप्रकाश शर्मा को संयोजकत्वमा सहमति जुटाउने समिति गठन गरिएको थियो। उक्त समितिले गरेको सहमतिका आधारमा अन्ततः आङ्देम्बेलाई नेता चयन गरिएको हो।