रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख १७, २०८३

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार अहिले घटनास्थलमा उद्धारकार्य चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय, रोल्पाका अनुसार यात्रुले भरिएको जिप सडकबाट ८०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।


Published :बैशाख १७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media