
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग दुई महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा ‘निकै राम्रो’ वार्ता भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि निकै आतुर रहेको दाबी गरे ।
यसै क्रममा ट्रम्पले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई आक्रमणबाट इरानमा ठूलो क्षति पुगेको उल्लेख गरे । उनले चेतावनी दिँदै भने कि यदि अमेरिका अहिले नै पछि हट्ने हो भने उक्त आक्रमणबाट भएको भौतिक क्षतिको पुनर्संरचना गर्न इरानलाई कम्तीमा २० वर्ष लाग्नेछ ।
इरान र अमेरिकाबीचको तनाव कम गर्ने उद्देश्यले यी वार्ताहरू भइरहेको बुझिएको छ । राष्ट्रपति ट्रम्पले इरान पक्ष वार्ताको माध्यमबाटै निकास खोज्न सकारात्मक देखिएको उल्लेख गरेका छन् ।