
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ ले SEE परिक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीरूलाई Career Counseling & Motivation कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा स्थायी ठेगाना भई विभिन्न विद्यालयहरूबाट SEE उत्तीर्ण भएका र वडा नं २ भित्रका विद्यालयहरूबाट उत्तीर्ण भएका विधार्थीहरुका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त Career Counseling & Motivation कार्यक्रममा चर्चित प्रशिक्षक डा कमल सापकोटाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा SEE परिक्षामा उत्तीर्ण विधार्थीहरुलाई वधाई सहित रुद्राक्षको माला लगाई सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा SEE परिक्षामा ४ जीपीए प्राप्त गर्ने एक जना तथा गणेश मावि सामुदायिक विधालयबाट प्रथम स्थान हाँसिल गर्ने विधार्थीलाइ वडाध्यक्ष राजेन्द्र श्रेष्ठले व्याक्तिगत रुपमा प्रति विधार्थी रु ५,००५ प्रदान गरी पुरस्कृत गरेका थिए।
बुढानीलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा प्रमुख अतिथिका रुपमा रहेका थिए भने वडा सदस्यहरु राजकाजी श्रेष्ठ,राम विनोद लामिछाने,पार्वती श्रेष्ठ ,विभिन्न विधालयका प्रिन्सिपल तथा शिक्षकहरु ,SEE परिक्षामा सहभागी विधार्थीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा,वडाध्यक्ष राजेन्द्र श्रेष्ठ,वडा सदस्यहरु राजकाजी श्रेष्ठ तथा राम विनोद लामिछानेले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए।

